श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रास्वपा केन्द्रिय समिति र संसदिय दलको बैठक बस्दै

केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह बालेनलाई नेता चयन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।

बैठकमा रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ ।

नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह बालेनलाई नेता चयन गर्ने बताइएको छ ।

संसदीय दलको नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई धारा ७१ (१) बमोजिम गठन हुने सरकारमा प्रधानमन्त्रीको नाम पठाउने पार्टीको तयारी छ ।

आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया