श्रावण १९, २०८३ मंगलबार August 4, 2026

एमाले सचिवालयद्धारा ओलीको पक्राउविरुद्ध आन्दोलन घोषणा, आजैबाट देशव्यापी प्रदर्शन

आइतबार जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित देशभरका सिडिओलाई ज्ञापनपत्र बुझाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै एमाले सचिवालय बैठकले विभिन्न विरोध कार्यक्रम तय गरेको छ ।

आज बसेको सचिवालय बैठकले ओलीको पक्राउलाई लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकले देशभरका पार्टी संरचनामार्फत आन्दोलन चर्काउने कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्णयअनुसार आज दिउँसो ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको नेतृत्वमा विरोध प्रदर्शन गर्ने तय गरिएको छ । त्यस्तै, भोलि चैत्र १५ गते सबै जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाइनेछ ।

एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज तथा आम जनसमुदायसँग संवाद र सहकार्य गर्ने पनि जनाएको छ । पार्टीले वर्तमान घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाउने संकेत गरेको छ ।

एमाले सचिवालयका निर्णयहरू:

पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष क. केपी शर्मा ओलीलाई तत्काल रिहा गरियोस् भन्ने मागसहित आज बसेको नेकपा एमालेको सचिबालयको बैठकले निम्न कार्यक्रमहरू तय गरिएको छ:

१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।

२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।

३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया