श्रावण १९, २०८३ मंगलबार August 4, 2026

खड्काको चेतावनी : संविधानविपरीत पक्राउविरुद्ध राजनीतिक प्रतिवाद गर्ने

सम्भावित राजनीतिक संघर्षका लागि कार्यकर्ता तयार रहन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकलाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यबाट नेपाल सरकारले पक्राउ गरेको भन्दै भत्सर्ना गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै खड्काले कांग्रेस नेता लेखकमात्रै नभएर एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र उनीहरुलाई अवैध हिरासतमा राखेको भन्दै घट्नाको भत्सर्ना गर्नुको साथै तत्काल रिहाईको लागि जोडदार माग गरेका छन् ।

उनले लेखक र ओलीको पक्राउले गम्भीर संवैधानिक र कानूनी प्रश्न उब्जाएको पनि उल्लेख गरेका छन् । उनले उनीहरुको पक्राउ कानूनी राज्यको बिर्खलाप र राजनीतिकरुपमा पूर्वाग्रह प्रेरित रहेको भनेका छन् । आयोगको कार्यदेशबमोजिम भदौ २३ र भदौ २४ गते दुवै दिनको घटनाको छानबिन गर्नुपर्नेमा भदौ २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनामाथि भएको नोक्सानी र संलग्न व्यत्तिःहरुबारे विल्कुल मौन रहनुबाट पनि यो प्रतिवेदन पक्षपातपूर्ण भएको प्रष्ट भएको खड्काको दाबी छ । वर्तमान सरकार यो घटनाबाट संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछि हट्न पुगेको देखिएको पनि उनको दाबी छ ।

उनले जारी गरेको वक्तव्यमा भनिएको छ,‘यस कार्यको संवैधानिक, कानूनी र राजनीतिकरुपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ । साथै आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रुपमा सामना गर्न देशभरिका पार्टीका साथीहरुलाई तयार रहन हार्दिक अपिल गर्दछ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया