श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता

सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच भेटवार्ता भएको छ । मंगलबार (चैत १७) लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको हो ।

भेटका क्रममा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका उनको सचिवालयले जनाएको छ ।

“देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको थियो,” लामिछानेको सचिवालयले भनेको छ ।

भेटका क्रममा अध्यक्ष साहद्वारा पार्टी र सभापति लामिछानेलाई औपचारिक रूपमा बधाई दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया