श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चुनावमा कम सिट आए पनि हाम्रो मुद्दाले जितेको छ : प्रचण्ड

मुलुकमा सुशासन र व्यवस्थाको रक्षाका लागि संसद्मा रचनात्मक भूमिका खेल्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको त्याग र बलिदानीकै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सिट ल्याए पनि आफूहरूको मुद्दाले जितेको बताएका हुन् ।
जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधान सभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफ्नो नेतृत्वको आन्दोलन र बलिदानलाई जाने उनको दाबी छ ।

उनले बालेन शाह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग गर्ने समेत बताए । प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्रीहरूमध्ये आफू मात्रै उपस्थित रहेको उल्लेख गर्दै यसलाई चुनौती र अवसर दुवै रूपमा लिएको उनले बताए ।

‘जुन पार्टीले धेरै सिट वा थोरै सिट ल्याए पनि हामीलाई आन्दोलनको एउटा प्रमुख नेताको हैसियतले हिजो जनयुद्ध, जलआन्दोलन, शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र निर्माण अनि देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैको अधिकार र पहिचान स्थापित गर्ने दृष्टिकोणले मैले सोच्दा जो आए पनि जताबाट महिलाहरू निर्वाचित भए पनि मलाई गर्व लाग्छ । हाम्रै बलिदान, त्याग र तपस्याको कारणले सम्भव भयो । त्यसकारण यसको रक्षा र परिमार्जन गर्नको निम्ति अहिले विषेश स्थिति पनि बन्यो,’ उनले भने ।

उनले मुलुकमा सुशासन र व्यवस्थाको रक्षाका लागि संसद्मा रचनात्मक भूमिका खेल्ने समेत बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया