काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको पहिलो बैठकअघि आफ्नो संसदीय दलको बैठक बोलाएको छ। बैठक आज बिहान साढे एघार बजे बस्ने तय गरिएको हो।
सांसद सीता थपलिया (उर्मिला) का अनुसार उक्त बैठकसँगै बहालवाला तथा निवर्तमान सांसदहरूबीच चियापान कार्यक्रम पनि आयोजना गरिएको छ। यसलाई आपसी समन्वय र आगामी संसदीय गतिविधिबारे छलफल गर्ने अवसरका रूपमा लिइएको छ।
आजै दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने कार्यतालिका रहेको छ। सो बैठकअघि कांग्रेसले आफ्नो धारणा र रणनीति तय गर्न संसदीय दलको बैठकलाई महत्त्व दिएको बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया