काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद युवराज दुलाल लाई नियुक्त गरेको छ।
पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुलाललाई उक्त जिम्मेवारी दिएका हुन्। संसदीय दलको व्यवस्थापन र संसदभित्र पार्टीको गतिविधि समन्वय गर्ने महत्वपूर्ण जिम्मेवारी प्रमुख सचेतकको हुने गर्दछ।
नवनियुक्त प्रमुख सचेतक दुलाल सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी पार्टीभित्र सक्रिय तथा संगठनात्मक रूपमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्।
यस नियुक्तिलाई पार्टीभित्र संसदीय गतिविधि सुदृढ बनाउने तथा संसदमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यका रूपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया