बैसाख १७, २०८३ बिहिबार April 30, 2026

एमाले अध्यक्ष ओलीको आज शल्यक्रिया हुँदै

डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको पत्थरी निकाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शल्यक्रिया आज हुँदैछ।

त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीको पित्तथैली शल्यक्रियाको मिति आजलाई तोकेको थियो। अहिले ओलीलाई अपरेसन थिएटरमा लगिएको उनको परिवारले जनाएको छ।

डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको पत्थरी निकाल्ने छ। ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै ओली जेनजी आन्दोलन दमन गरेको आरोपमा प्रक्राउ परेका थिए। त्यसपछि उनी अस्पतालमै उपचाररत छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया