बैसाख १७, २०८३ बिहिबार April 30, 2026

कांग्रेस कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

आगामी बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि कार्यसूची गोप्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसले बुधवारका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

उक्त दिन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिए ।

कांग्रेसले सोही दिन नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ ।

त्यसबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया