असार ५, २०८३ शुक्रबार June 19, 2026

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका क्षेत्रहरूमा पनि पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय हासिल गर्न नसकेका निर्वाचन क्षेत्रहरूमा संगठन सुदृढ गर्ने उद्देश्यले समानुपातिकतर्फका सांसदहरूलाई जिम्मेवारी तोकेको छ ।

पार्टीका अनुसार कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा पाँच, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा छ जना सांसदलाई विभिन्न क्षेत्रमा खटाइएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले यस निर्णयमार्फत प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका क्षेत्रहरूमा पनि पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

तोकिने सांसदहरूले सम्बन्धित क्षेत्रका जनतासँग प्रत्यक्ष सम्पर्क राख्दै स्थानीय समस्याहरू पहिचान गर्ने, समसामयिक मुद्दाहरू उठाउने र ती समस्याको समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछन् । साथै, यस कदमले रास्वपाले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो राजनीतिक पहुँच विस्तार गर्ने रणनीति अघि सारेको संकेत गरेको छ ।

विशेषगरी प्रत्यक्ष निर्वाचनमा कमजोर देखिएका क्षेत्रमा संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा आगामी निर्वाचनका लागि आधार तयार गर्ने उद्देश्यले यस्तो जिम्मेवारी बाँडफाँड गरिएको विश्लेषण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्व रक्षामन्त्रीलाई तीन वर्ष जेल सजाय
२०८३ असार ५, शुक्रबार
सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह
२०८३ असार ५, शुक्रबार
बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले
२०८३ असार ५, शुक्रबार
रूस ‘बिना शर्त’युरोपसँग वार्ताका लागि तयार
२०८३ असार ५, शुक्रबार
रवि लामिछानेमाथिको सङ्गठित अपराधको अभियोग हट्यो, सहकारी ठगी मुद्दा यथावत्
२०८३ असार ५, शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार