बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

कम्युनिष्ट आन्दोलन पुनर्गठनका लागि नेकपा संयोजक प्रचण्डको आह्वान

नयाँ ढंगले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पुष्पकमल दाहाल ले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि सबै कम्युनिष्ट शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी को ७७औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विगतका संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै गरिब, किसान तथा श्रमजीवी जनताको पक्षमा आन्दोलनलाई अघि बढाउनुपर्ने जिम्मेवारी अहिलेको पुस्तामा आएको बताएका हुन् ।

दाहालले इतिहासले दिएको जिम्मेवारी पूरा गर्न पार्टीको प्रारम्भिक घोषणापत्रदेखि विकसित विचारसम्मको संश्लेषण गर्दै नयाँ ढंगले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्नुपर्नेमा जोड दिएका छन् । उनले शान्ति प्रक्रिया, लोकतान्त्रिक गणतन्त्र र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र संस्थागत विकासका लागि समान विचारधाराका शक्तिबीच एकताबद्ध मोर्चा निर्माण अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

उनले विगतका कमजोरीहरूको समीक्षा गर्दै वैचारिक स्पष्टता, संगठनात्मक सुधार र नेतृत्वको पुनर्संरचनामार्फत वामपन्थी आन्दोलनलाई सुदृढ बनाउने आवश्यकता औँल्याएका छन् । साथै, वर्तमान राजनीतिक परिस्थितिमा विभाजित कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध भई देश र जनताको हितमा साझा एजेण्डा अघि बढाउन पनि उनले आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया