बैसाख ३१, २०८३ बिहिबार May 14, 2026

एमाले सचिवालय बैठक शनिवार बस्दै

चुनावपछिको राजनीतिक समीक्षा, पार्टीको आगामी रणनीति, सरकारसँगको सम्बन्ध, संगठन विस्तारका बिषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली को नेतृत्वमा चुनावपछि पहिलोपटक पार्टी सचिवालय बैठक बस्ने भएको छ । पार्टी स्रोतका अनुसार बैठक शनिबारका लागि तय गरिएको हो ।

बैठकका एजेन्डा तय गर्ने काम पदाधिकारी तहबाट भइरहेको एक पदाधिकारीले जानकारी दिएका छन् । पछिल्लो समय अध्यक्ष ओली स्वास्थ्य अवस्था तथा पारिवारिक शोकका कारण पार्टीका औपचारिक गतिविधिबाट केही टाढा रहँदै आएका थिए ।

अध्यक्ष ओलीका बुवाको निधनपछि उनी शोकमा थिए । त्यसलगत्तै पक्राउ परेका ओलीले स्वास्थ्य समस्या देखिएपछि पित्तथैलीको शल्यक्रिया गराएका थिए । शल्यक्रियापछि आराम गरिरहेका कारण उनी पार्टीका औपचारिक बैठक तथा सार्वजनिक कार्यक्रममा सक्रिय हुन सकेका थिएनन् ।

यद्यपि, भक्तपुरको गुण्डुस्थित निवासबाटै उनले पार्टीका गतिविधिबारे नियमित छलफल र निर्देशन दिँदै आएका थिए । पार्टीभित्र चुनावपछिको समीक्षा बैठकसमेत हुन नसकेको अवस्थामा नेतृत्व तहमा बैठक राख्नुपर्ने दबाब बढिरहेको थियो ।

यसैबीच, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ले गत वैशाख २५ गते गुण्डुस्थित निवासमै पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । सोही भेटपछि सचिवालय बैठक राख्न अध्यक्ष ओली सहमत भएको स्रोतले जनाएको छ ।

बैठकमा चुनावपछिको राजनीतिक समीक्षा, पार्टीको आगामी रणनीति, सरकारसँगको सम्बन्ध, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया