जेठ १, २०८३ शुक्रबार May 15, 2026

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन

सभापति थापाले मनोनयन गर्नुभएका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले आज पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) बमोजिम  श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

सभापति थापाले मनोनयन गर्नुभएका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो ।

श्रेष्ठको नेतृत्वमा जेनजी आन्दोलनमा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयसमेत पुनर्निर्माण भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया