जेठ ८, २०८३ शुक्रबार May 22, 2026

बागमती प्रदेशसभाको बैठक ११ गते बस्ने

भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डन पदमा डा त्रिलोचनचन्द्र झा र धादिङ जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डन डा नवीन महासेठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ७ जेठ । बागमती प्रदेश मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले बागमती प्रदेशसभाको वर्षे अधिवेशन बैठक यही जेठ ११ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोही बैठकले प्रदेश सरकारको कार्य विभाजनको नियमावली संशोधनको निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए।

सो बैठकले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डन पदमा डा त्रिलोचनचन्द्र झा र धादिङ जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डन डा नवीन महासेठलाई पदस्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया