कार्तिक २, २०८३ सोमबार October 19, 2026

संयुक्त बैठकको तयारीमा सङ्घीय संसद् सचिवालय

हाल प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १४ जेठ । सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुने शुक्रबारको संयुक्त बैठकको तयारी पूरा गरेको छ ।

सिंहदरबारस्थित नयाँ र निर्माणाधीन संसद् भवनमा हाल प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक राखिएको छ । सोही बैठकमा प्रतिनिधिसभा निर्वाचनपछिको नयाँ सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट पेस गर्नेछन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई सो समय अगावै स्थान ग्रहण गर्न सूचित गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि हालसम्म ‘फिनिसिङ’ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुती हुन लागेको बताए ।

उनले स्थानाभावका कारण बजेट प्रस्तुती हुने संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूलाई आमन्त्रण नगरिएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै
२०८३ कार्तिक २, सोमबार
नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
२०८३ कार्तिक २, सोमबार
ट्रम्पको इन्धन मूल्य घटाउने प्रयास : रुससँग डिजेल आपूर्ति सम्झौता अन्तिम चरणमा
२०८३ कार्तिक २, सोमबार
नवरात्रको नवौँ दिन : आज पनि महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
२०८३ कार्तिक २, सोमबार
दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
२०८३ कार्तिक २, सोमबार
भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
२०८३ कार्तिक २, सोमबार
आजको मौसमः माैसम सामान्यतया सफा रहने
२०८३ कार्तिक २, सोमबार