काठमाडौंः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन् ।
‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर को-अपरेटिभ्स इन एशिया एण्ड द प्यासिफिकको अन्तराष्ट्रिय साधारणसभालाई भर्चुअल सम्बोधन गर्र्दै मन्त्री अर्यालले नेपालमा कृषि क्षेत्रको ठूलो सम्भावना रहेको बताउदै कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापनको आवश्यकत रहेको बताएकी हुन् ।
उहाँले प्रधानमन्त्री कृषि आधुनिकिकरण तथा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि कृषि क्षेत्रको विकासका निम्ती सञ्चालनमा ल्याइएका कार्यक्रमहरु भएको बताइन् ।
कृषिमा संलग्न साना किसानको जीवन माथि उठाउन साना किसान कृषि सहकारी संस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया