भाद्र १५, २०८३ सोमबार August 31, 2026

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक मंगलबारदेखि शुरु हुँदैं

बैठकमा संगठन समायोजन र आगामी राजनीतिक रणनीतिबारे निर्णय हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदै छ । केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरू हुने बैठक दुई दिनसम्म चल्नेछ ।

बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित संगठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ ।

जसपा नेपालका केन्द्रीय महासचिव डा. सुरेन्द्रकुमार झाले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर्णयका लागि प्रस्ताव पेस हुने बताएका छन् ।

बैठकका लागि प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी संरचनाको समायोजन तथा भ्रातृ संगठनको समायोजनसम्बन्धी प्रस्ताव पनि एजेण्डामा राखिएको छ ।

त्यस्तै, विभिन्न राजनीतिक दल तथा शक्तिहरूबीचको सहकार्यका लागि अघि बढाइएको अग्रगामी मोर्चा सम्बन्धमा पनि कार्यकारिणी समितिमा छलफल हुनेछ । पार्टीको संसदीय बोर्ड गठन तथा कार्यकारिणी सदस्यहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव समेत बैठकमा प्रस्तुत गरिने महासचिव डा. झाले बताए ।

यसैगरी, हालैका बाढी तथा विपदबाट प्रभावित नागरिकका लागि राहत संकलन गर्ने विषयमा पनि बैठकमा छलफल हुने एजेण्डा तय गरिएको छ ।

जसपा नेपालले बैठकमार्फत पार्टीको राजनीतिक तथा संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने र आगामी राजनीतिक गतिविधिका लागि आवश्यक निर्णय लिने तयारी गरेको छ ।

बैठकमा प्रस्तुत हुने प्रस्तावमाथि छलफलपछि आवश्यक निर्णय गरिने पार्टीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् अझै टरेको छैन, उच्च सतर्कता अपनाऔँ : मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १५, सोमबार
सुदूरपश्चिम प्रदेश समृद्ध बनाउने दिशामा : मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १५, सोमबार
भोटेकोशी बाढी: शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
२०८३ भाद्र १५, सोमबार
परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
२०८३ भाद्र १५, सोमबार
बागमती प्रदेश सरकारद्वारा राहत र पुनर्निर्माणलाई तीव्रता
२०८३ भाद्र १५, सोमबार
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोगमा ल्याउने सम्झौता
२०८३ भाद्र १५, सोमबार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक मंगलबारदेखि शुरु हुँदैं
२०८३ भाद्र १५, सोमबार