जेठ २३, २०८३ शनिबार June 6, 2026

प्रहरी अधिकृतलाई नै स्काभेटरको पार्टपुर्जा चोरीको आरोप लागेपछी   

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धनुषाको मिथिला नगरपालिका स्थित इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझामाथि स्काभेटरको पार्टपुर्जा चोरी गरेको आरोप लागेको छ ।

वन कार्यालयले नियन्त्रणमा लिएर गत फागुनमा प्रहरीलाई बुझाएको उक्त स्काभेटरको पार्टपुर्जा निकालेर बेचेको स्काभेटर धनीको आरोप लागेको हो ।

स्काभेटर धनी जनुलाल महतोको स्काभेटर इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी अधिकृतले बालुवा वासिङ्ग उद्योगीसँग मिलेर बिक्री गरेको दाबी गर्दै महतोले प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

उजुरी परेसँगै प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओझालाई ढल्केबरबाट प्रदेश प्रहरी गणमा तानेर छानबिन अगाडि बढाएको जनाएको छ ।

घटनाको छानबिन गर्न प्रहरी उपरीक्षक उमाशङ्कर पंजियारको संयोकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले घटनाको अनुसन्धान प्रतिवेदन प्रदेश प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीलाई बुझाइसकेको बताइएको छ ।

पाटपुर्जा चोरीको घटनामा प्रहरी अधिकृत ओझा दोषी देखिएको ठहर गरी उनलाई विभागीय कारवाही गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
२०८३ जेठ २३, शनिबार