असार २१, २०८२ शनिबार July 5, 2025

प्रहरी अधिकृतलाई नै स्काभेटरको पार्टपुर्जा चोरीको आरोप लागेपछी   

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धनुषाको मिथिला नगरपालिका स्थित इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझामाथि स्काभेटरको पार्टपुर्जा चोरी गरेको आरोप लागेको छ ।

वन कार्यालयले नियन्त्रणमा लिएर गत फागुनमा प्रहरीलाई बुझाएको उक्त स्काभेटरको पार्टपुर्जा निकालेर बेचेको स्काभेटर धनीको आरोप लागेको हो ।

स्काभेटर धनी जनुलाल महतोको स्काभेटर इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी अधिकृतले बालुवा वासिङ्ग उद्योगीसँग मिलेर बिक्री गरेको दाबी गर्दै महतोले प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

उजुरी परेसँगै प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओझालाई ढल्केबरबाट प्रदेश प्रहरी गणमा तानेर छानबिन अगाडि बढाएको जनाएको छ ।

घटनाको छानबिन गर्न प्रहरी उपरीक्षक उमाशङ्कर पंजियारको संयोकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले घटनाको अनुसन्धान प्रतिवेदन प्रदेश प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीलाई बुझाइसकेको बताइएको छ ।

पाटपुर्जा चोरीको घटनामा प्रहरी अधिकृत ओझा दोषी देखिएको ठहर गरी उनलाई विभागीय कारवाही गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार