असार १०, २०८२ मंगलबार June 24, 2025

दैवि विपत्तीमा भोजपुरः एकैदिन चट्याङ्बाट ६ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भोजपुरमा चट्याङ् लागेर छ जना घाइते भएका छन् ।

सोमबार अविरल बर्षासँगै परेको चट्याङ लागेर भोजपुर जिल्ला साल्पासिलिछो गाँउपालिका वडा-२ ताम्लुङमा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा ८५ बर्षीय मान बहादुर तामाङ्गको काठ वा फुसको छानो भएको घर पुर्ण रुपमा क्षति भएको छ । साथै निजको छातिमा सामान्य असर परेको स्थानियले बताएका छन् ।

चट्याङका कारण सोही गाँउपालिका बस्ने ६३ बर्षीय जय बहादुर खत्री, निजकी श्रीमती मोतिका खत्रि, १६ बर्षीय बर्खमाया राई, २२ बर्षीय कोपिला राई र ६८ बर्षिय बिर्खमाया राईको दुवै कान नसुनिने भएको छ ।

यसैगरी ताम्लुङ गाँउमा रहेको कैकु लघु जलविद्युत आयोजनाबाट प्रसारण गरिने पावर सप्लाइ आईसी बक्स तथा करिब तीन हजार मिटर केबलको कालो तार समेत जलि करिब ८५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ : उपसभामुख रानामगर
२०८२ असार १०, मंगलबार
रुसी आक्रमणमा युक्रेनमा सातजनाको मृत्यु
२०८२ असार १०, मंगलबार
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
२०८२ असार १०, मंगलबार
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह
२०८२ असार १०, मंगलबार
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
२०८२ असार १०, मंगलबार
“कोरोनाबाट इलामकी ३९ वर्षीया महिलाको मृत्यु, संक्रमण दर फेरि बढ्दै”
२०८२ असार १०, मंगलबार
भ्रष्टाचारीहरूको लर्कोमा बाबुरामलाई नजोड्नू : पूर्वप्रधानमन्त्री भट्टराई
२०८२ असार १०, मंगलबार