मंसिर २५, २०८० सोमबार December 11, 2023

रौतहटमा एक युवकको गोली हानी हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा एक युवकको अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको छ ।

आइतबार साँझ ईशनाथ न.पा.-६ स्थित ठुलो घिउराको पुल नजिकै अपरिचित ब्यक्तीले अन्दाजी बर्ष २०/२१ को पुरुषलाई गोली प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

ईशनाथ नगरपालिका-६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुल नजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरीका नायव उपरिक्षक नविन कार्कीले बताएका छन् ।

भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा आएका अपरिचित युवाहरूको एक समुहले निजलाई गोली प्रहार गरी पुनः भारततर्फ फरार भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन । भारतबाट आएकाहरुले उतैको नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।

हालसम्म मृतकको साथबाट निजको पहिचान खुल्ने कुनैपनि कागजपत्र फेला परेको छैन । हत्यामा प्रयोग भएको गोलीको खोका हेर्दा अत्याधुनिक हतियारको भएको प्रहरी अनुमान रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार