माघ २८, २०८१ सोमबार February 10, 2025

यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको जानकारी गराएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गरी समितिले कात्तिक १० गते कुकुर तिहार र लक्ष्मीपूजा परेको जानकारी दिएको हो ।

कात्तिक ८ गतेदेखि सुरु हुने तिहारको पहिलो दिन यमदीपदान, कात्तिक ९ गते शनिबार कागतिहार पर्ने सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताएका छन् । हरेकजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिन पर्ने भए पनि यो वर्ष भने कुकुर तिहारको दिन परेको हो ।

त्यस्तै कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा पर्ने भनिएको छ ।

तर नेपाल सम्वतको प्रारम्भ भने कात्तिक १२ गतेमात्र हुनेछ । म्ह पूजाको दिन नै नेपाल सम्वत प्रारम्भ हुने भए पनि यस वर्ष भने म्हः पूजाको भोलिपल्टदेखि नेपाल सम्वतको नयाँ वर्ष ११४० प्रारम्भ हुनेछ । भाइटीका कात्तिक १२ गते पर्ने र शुभसाइत दिनको ११ः५५ मा रहेको समितिका सदस्य सचिव ढुंगेलले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छः मुख्यमन्त्री आचार्य
२०८१ माघ २८, सोमबार
सुन तोलाको एक लाख ६९ हजार ६ सय पुग्यो
२०८१ माघ २८, सोमबार
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२०८१ माघ २८, सोमबार
संसद्को दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८१ माघ २८, सोमबार
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
२०८१ माघ २८, सोमबार
संसद्को कार्यसूचीमै परेन सरकारको अध्यादेश
२०८१ माघ २८, सोमबार
शीर्ष नेतृत्वको भाषणबाजीमा शेरा दरबार
२०८१ माघ २८, सोमबार