श्रावण १२, २०८३ मंगलबार July 28, 2026

बलिउड नायिका उर्मिला मातोन्डकर शिवसेनामा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउड नायिका उर्मिला मातोन्डकर आज महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको उपस्थितिमा औपचारिक रूपमा शिवसेनामा प्रवेश गरेकी छन्।

विधान परिषद्‍मा हुने १२ जना मनोनीत सदस्यमा उर्मिलाको नाम यसअघि नै प्रस्ताव गरिसकिएको छ।

उद्धव ठाकरेकी पत्नी रश्मी ठाकरेले उनलाई ‘शिवबन्धन’ बाँधेर पार्टीको सदस्यता दिएकी थिइन्। उक्त कार्यक्रममा उद्धव ठाकरेका अलवा सुभाष देसाई, अनिल देसाई पनि उपस्थित रहेका थिए।

उर्मिलाले केही दिनअघि जसरी अर्की नायिका कंगना रनौतलाई जवाफ दिएकी थिइन् त्यसबाट पार्टीका नेताहरू प्रभावित भएको शिवसेनाका एक नेताले बताएका छन्।

सुशान्तसिंह राजपूतको मृत्युपछि शिवसेना र कंगनाबीच भनाभन चलेको थियो।

सन् १९७४ मा जन्मेकी उर्मिलाले १९८० मा मराठी फिल्म ‘झाकोला’मा बाल कलाकारको रूपमा अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन्। ‘कलयुग’ (१९८१) उनको पहिलो हिन्दी फिल्म थियो। रंगीला, जुधाई, सत्या, खुबसुरुत, जंगल उनका सफल फिल्म मानिन्छन्। – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार