श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

डा. केसी कात्तिक १८ गतेबाट अनशन बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीले आफ्नो आन्दोलनलाई कात्तिक १८ गतेसम्म सारेका छन्।

डा. केसीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै गर्दा आफ्ना पुराना माग कात्तिक ८ सम्म पूरा नभए कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थिए। तर, उनले आफ्नो अल्टिमेटम मिति आउन ५ दिन बाँकी छँदा आफ्नो निर्धारित अनशन कार्यक्रममा केही संशोधन गरेका छन् ।

हिन्दूधर्मालम्बीको दोस्रो ठूलो चाड तिहारका कारण आफूले आन्दोलनका कार्यक्रम केही दिन पर सारेको केसीले बताएका छन् ।

चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै केसी लामो समयदेखि संघर्षरत् छन् । सरकारलाई दबाव दिन उनले उनले १६ पटकसम्म अनशन बसिसकेका छन् । सरकारले माग पूरा नगरी पुनः केसीलाई अनशन बस्न बाध्य पारेमा त्यो उनको १७ संस्करण हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार