असोज १६, २०८० मंगलबार October 3, 2023

लामोसाँघुको विद्युत सबस्टेशनमा आगलागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ ।

नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनले बताएका छन ।

सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रणमा कठिनाइ भएको उनले बताएका छन ।

सबस्टेशनको ३० एमभीए क्षमताको बुसिङमा आगो लागेपछि घटना भएको प्राधिकरणले बताएको छ । आगलागीका कारण चरिकोटमा अहिले विद्युत काटिए पनि वैकल्पिक व्यवस्था गरेर आधा घण्टाभित्र सेवा सुचारु गर्ने प्राधिकरणले बताएको छ ।

यो सबस्टेशनमा आगलागी भएपछि ३ मेगावाटको भैरवकुण्ड , ४।३ मेगावाटको बरम्ची र सिप्रिङखोला आयोजना ७।६ मेगावाट विजुली सिस्टमबाट बाहिरिएको छ । १६ मेगावाट सिस्टमबाट बाहिरिए पनि वैकल्पिक व्यवस्था गरेर सो क्षेत्रको लक्ष्मीपूजामा लाइन नजाने व्यवस्था गरिने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार