असोज १४, २०८३ बुधबार September 30, 2026

लामोसाँघुको विद्युत सबस्टेशनमा आगलागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ ।

नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनले बताएका छन ।

सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रणमा कठिनाइ भएको उनले बताएका छन ।

सबस्टेशनको ३० एमभीए क्षमताको बुसिङमा आगो लागेपछि घटना भएको प्राधिकरणले बताएको छ । आगलागीका कारण चरिकोटमा अहिले विद्युत काटिए पनि वैकल्पिक व्यवस्था गरेर आधा घण्टाभित्र सेवा सुचारु गर्ने प्राधिकरणले बताएको छ ।

यो सबस्टेशनमा आगलागी भएपछि ३ मेगावाटको भैरवकुण्ड , ४।३ मेगावाटको बरम्ची र सिप्रिङखोला आयोजना ७।६ मेगावाट विजुली सिस्टमबाट बाहिरिएको छ । १६ मेगावाट सिस्टमबाट बाहिरिए पनि वैकल्पिक व्यवस्था गरेर सो क्षेत्रको लक्ष्मीपूजामा लाइन नजाने व्यवस्था गरिने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार