असोज १४, २०८३ बुधबार September 30, 2026

भीआईपी जुवाडे छुटेनन्, बिहीबार पुनः अदालत उपस्थित गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना जुवाडेलाई बिहीबार पुनः उपस्थित गराउन अदालतले आदेश दिएको छ ।

प्रहरीविरुद्ध ६ जना भीआईपी जुवाडेले आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरे पनि इन्द्रबहादुर श्रेष्ठ, शम्भुबहादुर बुढाथोकी लगायतले सोमबार र बुधबार पुनः अर्को रिट दिएपछि सबै जनालाई सँगै उपस्थित गराउन अदालतले आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार सबै निवेदनलाई ‘साथमै राख्न’ आदेश दिएको हो । र, बुधबार क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामालाई बुधबार थुनामै राख्न भनिएको छ ।

आदेशमा भनिएको छ, ’‘ बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखि एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरुसँग साथै राखि बन्दीहरुलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू ।’

उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो । बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ ।

बिहीबार अदालत खुलेपछि कानून बमोजित पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताएका छन् । उनले भने, ‘रिट दिनेहरुलाई बिहीबार बिहान अदालतमा उपस्थित गराउनेछौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार