मंसिर २५, २०८० सोमबार December 11, 2023

सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस लप्सीफेदीमा दुर्घटना, तीनको मृत्यु, २५ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंँको लप्सीफेदीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

 बिहीबार दिउँसो सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको आमा हेलम्बु यातायातको बा ५ ख ५०७० नम्बरको बस लप्सीफेदीको पुल नजिकैको मोडमा दुर्घटनामा परेको हो।

महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख इन्सपेक्टर गोविन्द पन्थीका अनुसार दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु भएको हो। ‘तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित २५ जनाजति घाइते छन्।’ इन्स्पेक्टर पन्थीका अनुसार अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन।

घाइतेको उद्धार गरी अस्पताल पाठाइएको र धेरैको अवस्था सामान्य रहेको उनले बताए।

ओरालो बाटोमा बस चिप्लिदा सो दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार