जेठ २३, २०८३ शनिबार June 6, 2026

शिव र अन्जु उत्कृष्ट गायक गायिका, उन्नतीलाई लाइफ टाइम एचिभमेन्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गीतकार र गायिकाको रूपमा चार दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी अग्रज गीतकार तथा गायिका उन्नति बोहरा शिला लाइफ टाइम एचिभमेन्ट अवार्ड २०७७ बाट सम्मानित भएका छन् ।

गीतकार गायिका शिलालाई नेपाली संगीतमा आजीवन योगदान दिएको भन्दै क्यापिटल मिडियाद्वारा आइतबार राजधानीमा आयोजित सातौं संस्करणको अवार्ड समारोहमा सो सम्मानबाट सम्मानित गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, कार्यक्रम आयोजक एवं सञ्चारकर्मी माधव निर्दोषलगायतले शिलालाई सो सम्मान प्रदान गरेका हुन् ।

सातौं नेसलन क्यापिटल अवार्डमा शिव परियार र अन्जु पन्त उत्कृष्ट गायक गायिका बन्न सफल भएका छन् । आइतबार राजधानीमा सम्पन्न अवार्ड समारोहमा गायक शिव परियारले मेरो भागको खुसीबाट उत्कृष्ट आधुनिक गायक र अन्जु पन्तले थोपाथोपा आँसुबाट अवार्ड जितेका हुन् । कार्यक्रममा आधुनिक संगीतकारको अवार्ड विकास चौधरीले, गीतकारको अवार्ड हरि उदासीले र म्युजिक भिडियो निर्देशकको अवार्ड देवेन्द्र पाण्डेले प्राप्त गरे ।

सुगम संगीततर्फ नै युगल गायनको अवार्ड कन्हैया सिंह र अन्जना गुरुङले, नव संगीतकारको अवार्ड बालकृष्ण न्यौपानेले, नव मोडल महिलाको अवार्ड अपेक्षा सिंहले, पुरुष मोडलको अवार्ड रवि सिंहले, डायरस्पोरा गीतकारको अवार्ड मीन बानियाँले, युगल गायनमा पुरुष मोडलको अवार्ड गौतम खातीले, युगल गायनमै महिलातर्फको अवार्ड श्रेया दुलालले र पपुलर गीतकारको अवार्ड किरण के उप्रेतीले हासिल गरेका छन् ।

यस्तै, लोकदोहोरीतर्फ उत्कृष्ट गायकको सञ्जय गुरुङले गायिकाको अवार्ड सीता केसीले, लोकदोहोरी भाकाको अवार्ड रामु खड्काले, लोक मौलिक गायकको अवार्ड प्रकाश गुरुङले, गायिकाको अवार्ड दीपा गुरुङले, मौलिक शब्दको अवार्ड अविनाश थापामगरले हासिल गरे । लोकदोहोरीतर्फ नै म्युजिक भिडियो निर्देशकको अवार्ड दीप गुरुङले, पुरुष मोडलको अवार्ड एसके दाहालले, महिलाको अवार्ड सोनाम गुरुङले हासिल गरे । लोकदोहोरीमै क्रियटिभ अवार्डल सन्तु थापाले, शब्दतर्फको अवार्ड अमृत खातीले, कोरियोग्राफी अवार्ड काजिस श्रेष्ठले, वर्ष मोडलको अवार्ड सुनिल लामिछानेले प्राप्त गरे ।

सोही समारोहमा सुगम संगीततर्फ नै एरेन्जरको अवार्ड राजु कार्कीले, गीत मिक्सिङको अवार्ड भोला पौडेलले, पपुलर गायिकाको अवार्ड इन्दु बानियाँले, पपुलर गायकको अवार्ड जयन जे वाइबाले, मौलिक लोकगीतको अवार्ड वविता गुरुङले, नेवारी गायकको अवार्ड देवामान ताण्डुकारले हासिल गरे ।

यस्तै, राष्ट्रिय भावको गीतको अवार्ड नवीन पौडेलले, राष्ट्रिय भावको गीततर्फ गीतकारको अवार्ड रमेश दाहालले, पप गायकको अवार्ड चिरञ्जीवी भण्डारीले, पप गायिकाको अवार्ड उषा मलाहाले, पपतर्फ पपुलर गायिकाको अवार्ड लक्ष्मी पुरी प्रधानले, पपतर्फ म्युजिक भिडियो मोडल महिलाको अवार्ड अनिता गिरीले प्राप्त गरे ।

सोही समारोहमा विभिन्न व्यक्तिलाई सम्मान गरियो । पत्रकारितातर्फको रजत सम्मान पत्रकार शान्तिप्रियलाई प्रदान गरियो भने दशकको संगीतकारको सम्मान सन्तोष श्रेष्ठलाई प्रदान गरियो ।

गीतकारतर्फको सम्मान युवराज अधिकारी, भीष्म फुलारा, सुरेन्द्र महर्जन, प्रतिमा गुरुङ, मीना लुम्बालाई, गायकतर्फको सम्मान सुरज पौडेललाई, साउन्ड इन्जिनियरिङको सम्मान छिरिङ भुटियालाई, साहित्यकारतर्फको सम्मान घनश्यामराज कर्णिकारलाई, फोटोग्राफीको सम्मान च्याङबा लामालाई, सामाजिक सेवासम्मान देवीमाया आचार्यलाई र पत्रकारिता पुरस्कार दिनेश थापालाई प्रदान गरियो । सञ्चारकर्मी सुमन पण्डित र सविता पोखरेलको सँयोजकत्वमा अवार्ड सम्पन्न भएको थियो । अवार्ड समारोहमा राज सागर, मञ्जु पौडेल, प्रकाश गुरुङलगायतले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार