असोज १५, २०८३ बिहिबार October 1, 2026

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो । दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो ।

तर प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको हो । यद्यपि आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन ।

गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टरमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गरेका छन ।

कोइरालाले केन्द्रीय बाल अस्पताल खोल्ने योजना बनाएका छन् । सरकारले सो अस्पतालको लागि जग्गा उपलब्ध गराइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार