असोज १४, २०८३ बुधबार September 30, 2026

क्रोम ब्राउजरलाई तुरुन्तै अपडेट गर्न गुगलको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गुगल क्रोम ब्राउजर अहिले विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो । विश्वमा क्रोम ब्राउजरका करोडौँ प्रयोगकर्ताहरु छन् । यदि क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने यो तपाईंका लागि निकै महत्वपूर्ण खबर बन्न सक्दछ । किनकी गुगलले आफ्ना सबै क्रोम ब्राउजर प्रयोगकर्तालाई ब्राउजरको लेटेस्ट भर्सन अपडेट गर्न आग्रह गरेको छ ।

गुगलले क्रोमका लागि ह्याकिङ प्रतिरोधी सफ्टवेयर जारी गरेको छ । क्रोममा उक्त सफ्टवेयर अपडेट गर्नाले वेब ब्राउजरमा ह्याकिङको जोखिम नहुने गुगलले जनाएको छ । ब्राउजर अपडेट नगर्दा क्रोमबाट लगइन गरिने अकाउन्टहरु ह्याक हुने जोखिम हुन्छ ।

पूरानो भर्सनको क्रोम ब्राउजरमा पछिल्लो समयमा ह्याकिङको खतरा लगातार बढ्दै गएको छ । ह्याकरहरुले सजिलैसँग ब्राउजर मेमोरीमा स्टोर भएका डाटालाई करप्ट गर्ने वा मोडिफाइ गर्न सक्दछन् । साथै ह्याकरहरुले यस मार्फत प्रयोगकर्ताको डिभाइससम्मै भर्चुअल पहुँच कायम गर्दछन् । सोही खतरालाई हटाउनका लागि क्रोम ब्राउजरमा नयाँ अपडेट लागू गरिएको गुगलले जनाएको छ । केही दिनभित्रैमा यो अपडेट सबै प्रयोगकर्तालाई उपलब्ध हुने गुगलको भनाइ छ ।

गुगलले आइओएस, म्याक, विन्डोज तथा लिनक्स ब्राउजरलाई क्रोम ७८ मा अपडेट गरेको छ । आइफोन प्रयोगकर्ताले यो अपडेटसँगै सिस्टम वाइड डार्क मोड प्राप्त गर्नेछन् । त्यस्तै डेस्कटप भर्सनमा समेत विभिन्न नयाँ फिचरहरु थप गरिएको छ ।

एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार