श्रावण १२, २०८३ मंगलबार July 28, 2026

छोरी कवितालाई नायिका बनाएर फिल्म बनाउँदै करिश्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली फिल्म क्षेत्रकी सदावहार नायिका करिश्मा मानन्धरले नयाँ फिल्म निर्माण गर्ने भएकी छिन् । आफ्नै छोरी कविता मानन्धरलाई लिएर उनले ‘बनवास’ फिल्म निर्माण गर्न लागेको आईतबार सामाजिक सञ्जाल फेसबुक मार्फत थिम पोस्टर सार्वजनिक गरेर फिल्मको घोषणा गरेकी हुन् ।

पारिवारिक कथामा निर्माण हुन लागेको फिल्ममा पारिवारिक कथा हुनेछ । बावुको भुमिकामा अभिनेता सरोज खनाल र छोरीको भुमिका कविता मानन्धरले निर्वाह गर्ने भएकी छिन् । फिल्मलाई निर्देशन कसले गर्ने त्यसको बारेमा भने हालसम्म टुंगो लागेको छैन् । यसबारेमा कुनै आधिकारीक जानकारी आएको छैन् ।

शिव श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ फिल्मबाट कवितालाई फिल्म क्षेत्रमा प्रवेश गराएका थिए । तर फिल्मको पुरा काम नसकीदै फिल्म प्रदर्शनमा आएको थियो । कविताको भुमिका फिल्ममा छोट्याएपछि करिश्मा शिवसँग रिसाएकी थिइन् ।

फिल्मले खासै दर्शकको मन पनि जित्न सकेन । कविताको पहिलो फिल्म असफल भएपछि उनको फिल्मी करिअर संकटमा परिरहँदा करिश्माले कवितालाई लिएर ‘बनवास’ निर्माणको घोषणा गरेकी छन् । रिपोटर्श नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार