श्रावण १२, २०८३ मंगलबार July 28, 2026

यसकारण गोविन्दासँग काजोलले काम नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  बलिउड अभिनेत्री काजोलले आफ्नो फिल्मी करिअरमा धेरै कलाकारसँग काम गरेकी छिन् । तर काजोलले आजसम्म गोविन्दासँग काम गरेकी छैनन् । भर्खरै मात्र एक अन्तर्वार्तामा गोविन्दासँग काम नगर्नुको कारण खुलाशा गरेकी हुन् ।

गोविन्दासँग काम किन नगरेको प्रश्नमा उनले जंगली नामको एक फिल्म शुरु गरेको बताइन् । फिल्मलाई निर्देशक राहुल रवैलले निर्माण गरेका थिए । उक्त फिल्मको लागि फोटोशुट पनि भएको तर पछि काम शुरु हुनुभन्दा पहिला नै बन्द भएको काजोलले खुलाशा गरीन् ।
कार्यक्रममा बोल्दै काजोलले गोविन्दासँग फोटोशुट बाहेक फिल्मको लागि कुनै शुटिङ नभएको बताइन् । उनले सँगै काम नगरेपनि गोविन्दा राम्रो अभिनेता भएको बताइन् । उनले भनिन्, ‘मानिसलाई हसाउने धेरै मुस्किल काम हो तर, गोविन्दाले सजिलै मानिसहरुलाई हसाउन सक्छन् ।’

भविष्यमा गोविन्दासँग काम गर्ने विषयमा उनले राम्रो समय आएमा सँगै काम गर्न सकिने बताइन् । काजोल हालैमात्र रिलिज भएको फिल्म ‘त्रिभंगा’मा देखिएकी छिन् । उनले उक्त फिल्ममा अनुराधा आप्टेको भुमिका निभाएकी थिइन् । फिल्मको निर्माता अजय देवगन हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार