श्रावण १२, २०८३ मंगलबार July 28, 2026

द फेसमा २६ जना नयाँ मोडलबीच प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली मोडलिङ क्षेत्रमा नयाँ मोडल जन्माउनका लागि मोडलिङ प्रतियोगिता ‘टी एफ द फेस’ आयोजना गरिँदै छ । गत वर्ष नै हुने यो प्रतियोगिता कोभिडका कारण रोकिएको थियो । यतिबेला भने यो प्रतियोगिता अन्तिम चरणमा पुगेका छ । प्रतियोगीहरू पूर्ण अभ्यासमा व्यस्त छन् । एक महिनाभन्दा लामो तयारी पछि उनीहरू यही शनिबार बेलुका फाइनलमा उत्रँदै छन् ।

यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उत्रने २६ जना पुरुष र महिला प्रतियोगीहरूमा क्रान्ति चन्द, निश्चल दत्त, सारिका कटवाल, नीना बुढाथोकी, सुर्जिना श्रेष्ठ, हेमन जोशी, सोफिया भण्डारी, अभिषेक गिरी, क्रिस्टिना अधिकारी, कृति हमाल, अनोज विश्व, अन्जना बराइली, सन्ध्या तामाङ, नारायण प्याकुरेल, अस्मिता बराल छन् ।

यस्तै, सुशील चौधरी, विना महर्जन, निर्मला धिमाल, युद्ध बानियाँ, रोजिना माझी, प्रश्नासिंह ठकुरी, नाजरुल मियाँ, कृपा अधिकारी, ब्रबिम श्रेष्ठ, स्वीकृति प्याकुरेल र शीतल श्रेष्ठ पनि यो प्रतियोगिताका अन्तिम प्रतिस्पर्धामा उत्रँदै छन् । मोडल तथा कोरियोग्राफर सिर्जना रेग्मीले उनीहरूलाई अहिले विभिन्न प्रशिक्षण दिइरहेकी छन् ।

ललितपुरका झम्सिखेल स्थित द अर्वन हबमा २५ माघ बेलुका साँढे ५ बजेपछिबाट ‘टी एफ द फेस’ मोडल कन्टेस्टको फाइनल हुँदै छ । प्रतियोगीहरूले शीर्ष उपाधिसहित विभिन्न अन्य उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । काठमाडौंका विभिन्न फेसन इन्टिच्युट र बुटिकले तयार पारेका डिजाइनहरूमा सजिएर यी मोडलहरू फाइनलमा प्रस्तुत हुनेछन् । सो क्रममा यी मोडलसँगै विभिन्न फेसन डिजाइनको पनि मूल्यांकन र उत्कृष्ट चयन हुने आयोजक पक्षले जनाएको छ ।

कार्यक्रम संयोजक समीक्षा हुमागाँईका अनुसार विजेताले विभिन्न उपहारसहित उत्पादनमा मोडलिङ, फेसन सोसहित धेरै अवसरहरू प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागीहरूबीच बुधबार फिजिक राउन्अन्तर्गत फरेनहाइट क्लबमा फिजिक सो अप भयो । जसबाट उत्कृष्ट तीन बेस्ट फिजिक पुरुष र उत्कृष्ट तीन बेस्ट फिजिक महिला मोडल चयन गरिएको छ । जसमा पुरुषतर्फ फिजिक चयन भएकाहरूमा युद्ध बानियाँ, आशिष गिरी र हेमन जोशी रहेका छन् । यस्तै, महिला मोडल तर्फ उत्कृष्ट तीन फिजिकमा कृपा अधिकारी, स्वीकृति प्याकुरेल र क्रान्ति चन्द रहेका छन् । यी तीन जनामध्येबाट उत्कृष्ट पुरुष र महिला फिजिक घोषणा अन्तिम प्रतिस्पर्धामा गरिनेछ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार