असोज १४, २०८३ बुधबार September 30, 2026

विश्वभरिका पोषण अभियन्ता नेपालमा, काठमाडौं घोषणापत्र जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । पोषण सेवा विस्तार अभियानसम्बन्धी विश्व सम्मेलन बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको पोषण सेवा विस्तार अभियान (सन मुभमेन्ट) सचिवालय र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा चार दिन अगाडि सो कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रम समापन गर्दै नेपाल सरकारका तर्फबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जापान सरकारका प्रतिनिधि, नेपालका लागि जापानी राजदूत मासामिचि साइगोलाई काठमाडौँ घोषणापत्र हस्तान्तरण गरेका छन ।

अभियानसम्बन्धी आगामी विश्व सम्मेलन आगामी हिउँदमा टोकियोमा हुने भएकाले सो घोषणापत्र जापानलाई हस्तान्तरण गरिएको हो ।

समापन समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले नेपाल सरकार आफ्ना विभिन्न नीतिनियम तथा कार्यक्रमहरू मार्फत् नेपाली बालबालिकाको पोषण स्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताएका छन ।

संविधानले नै स्वास्थ्यलाई मौलिक हक मानेको उल्लेख गर्दै यादवले अन्य देशहरूमा पनि अझ बलियो बहुपक्षीय पोषण योजना हुनुपर्ने औल्याएका छन ।

यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले बालबालिकाको पोषण दिगो विकास लक्ष्यका सबै बुँदासँग प्रत्यक्ष गाँसिएको उल्लेख गर्दै अभियन्ताहरू प्राप्त उपलब्धि नगुमून् भन्ने कुरामा सचेत हुनुपर्ने बताएका छन । उनले थपे, ‘आगामी पुस्ता अझ स्वस्थ र प्रतिभाशाली होस् भन्ने कुरा हामीले सुनिश्चित गर्नुपर्छ ।’

राष्ट्रसङ्घकी सहायक महासचिव तथा पोषण अभियान संयोजक गेर्डा भेनबर्गले सम्मेलनका सहभागीहरूलाई आआफ्ना देशमा फर्किएर अझ सक्रियताका साथ काम गर्न आग्रह गरिन् ।

सम्मेलनमा करिब ७० देशका सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा नागरिक समाजका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार