असोज १०, २०८३ शनिबार September 26, 2026

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिनुभएको छ ।

यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७÷७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइतबार राजीनामा दिनुभएको हो ।

उहाँहरुले उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई अनावश्यकरूपमा आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको आरोप लगाउनुभएको छ । तीन दिनसम्म लिइएको बीएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरुले रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए ।

विद्यार्थी रश्मी शाहीले प्रवेश परीक्षामा सम्मिलित भएका तर चिनजान र भनसुनको पहुँच नभई स्वतन्त्ररूपमा परीक्षा दिएका परीक्षार्थीले उक्त परीक्षा रद्द गरी पुनः सम्बन्धित विषय विशेषज्ञको संलग्नतामा परीक्षा गर्नुपर्ने माग गर्दै रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गरिएको बताउनुभयो ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले प्रवेश परीक्षाका विषयमा आएका विद्यार्थीका गुनासासहितको निवदेनमाथि अध्ययन भइरहेको बताउनुभयो । “विद्यार्थीहरुले भनेअनुसार त्यसरी कमजोरी भएको देखिँदैन यद्यपि एउटा संस्थामाथिको आरोपका विषयमा छानबिन गर्नैपर्छ ।” स्कूल अफ ल कार्यक्रमका निर्देशकको टोलीले भने आइतबारदेखि तोकिएको जिम्मेवारीमा नरहने गरी नैतिकताका आधारमा संयुक्त राजीनामा दिएपछि उक्त परीक्षाको नतिजा विवादित बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
यूएन महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता
२०८३ असोज १०, शनिबार
बाढी तथा पहिरोका कारण बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
२०८३ असोज १०, शनिबार