श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शिकार खेल्ने क्रममा साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर उदयपुरको कटारी नगरपालिका ११ गोठडाँडामा मंगलबार बेलुका एकजनाको ज्यान गएको छ। मंगलबार बेलुका करिब ६ बजेतिर मृग मार्न जंगल पुगेका स्थानीय ४५ वर्षीय अमृत राउतले चलाएको बन्दुकको छर्रा लागेर उनकै साथी सोही ठाउँका ४९ वर्षीय शंकर राउतको ज्यान गएको प्रहरीले जनाएको छ।

तीनजनाको समूहमा रहेका उनीहरुमध्ये अमृतले बन्दुक चलाउने र अन्य दुई शंकर र हरी बस्नेत मृग छेक्न साथीको रुपमा गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरीकृष्ण केसीले जानकारी दिएका छन ।

दिउँसो शिकार खेल्न निस्किएका उनीहरु मृग मार्न नसकेपछि साँझपख बास बसेको मौकाछोपी जाने सल्लाहमा घर फर्किएका थिए, डिएसपी केसीले भने, बेलुका मृग आयो भनेर आवाज निस्किन साथ बन्दुक चलाउँदा साथीको ज्यान गयो ।

घटनापछि बन्दुक चलाउने अमृत फरार छन् भने बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताएका छन । प्रहरीले फरार रहेका अमृतको जंगलमा खोजी जारी राखेको छ। अनुसन्धानका क्रममा उक्त जंगल क्षेत्र वन्यजन्तुको आश्रय स्थल भएकाले दैनिक जसो ३/४ वटा समूह शिकार खेल्न जाने गर्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार