बैसाख १३, २०८२ शनिबार April 26, 2025

शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शिकार खेल्ने क्रममा साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर उदयपुरको कटारी नगरपालिका ११ गोठडाँडामा मंगलबार बेलुका एकजनाको ज्यान गएको छ। मंगलबार बेलुका करिब ६ बजेतिर मृग मार्न जंगल पुगेका स्थानीय ४५ वर्षीय अमृत राउतले चलाएको बन्दुकको छर्रा लागेर उनकै साथी सोही ठाउँका ४९ वर्षीय शंकर राउतको ज्यान गएको प्रहरीले जनाएको छ।

तीनजनाको समूहमा रहेका उनीहरुमध्ये अमृतले बन्दुक चलाउने र अन्य दुई शंकर र हरी बस्नेत मृग छेक्न साथीको रुपमा गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरीकृष्ण केसीले जानकारी दिएका छन ।

दिउँसो शिकार खेल्न निस्किएका उनीहरु मृग मार्न नसकेपछि साँझपख बास बसेको मौकाछोपी जाने सल्लाहमा घर फर्किएका थिए, डिएसपी केसीले भने, बेलुका मृग आयो भनेर आवाज निस्किन साथ बन्दुक चलाउँदा साथीको ज्यान गयो ।

घटनापछि बन्दुक चलाउने अमृत फरार छन् भने बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताएका छन । प्रहरीले फरार रहेका अमृतको जंगलमा खोजी जारी राखेको छ। अनुसन्धानका क्रममा उक्त जंगल क्षेत्र वन्यजन्तुको आश्रय स्थल भएकाले दैनिक जसो ३/४ वटा समूह शिकार खेल्न जाने गर्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार