असोज ६, २०८३ मंगलबार September 22, 2026

सीमामै गरे तरुण दलले विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतको हस्तक्षेपमा मौन रहने नेपाल सरकार विरुद्ध सीमामा विरोध प्रर्दशन भएको छ। कालापानी, लिपुलेक एवं लिम्पियाधुरा लगायतका क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा समेटेकोप्रति बुधबार दिउसो नेपाल भारत सीमनाका बेलहियामा विरोध प्रदर्शन गरिएको हो।

भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूभागहरु समेट्दा समेत नेपाल सरकार अहिलेसम्म मुख बन्द गरेर बसेको भन्दै नेपाल तरुण दल रुपन्देहीले सरकारको मौनताका विरुद्ध सिमामा विरोध जनाएको हो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भारतिय हेपाह प्रवृति तथा दुई तिहाई सरकारको मौनताका विरुद्ध नेपाल भारत सीमानाका बेलहियामा विरोध प्रदर्शन गर्दै भारतद्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सामा कालापानी , लिम्पियाधुरा र लिपुलेक लाई समावेश गर्न माग गरेको छ।

नेपाली झण्डा सहित विरोधमा उत्रेको तरुण दलले सिमामै नारावाजी गर्दै कोण सभा गरेको थियो। बिरोध कार्यक्रममा नेपाल सरकारले भारतको मिचाहा प्रवृतिबारे आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै आक्रोश पोखेका थिए।
विरोध प्रदर्शनमा बोल्दै नेपाल भारत मैत्री समाजमा अध्यक्ष शान्त कुमार शर्माले भारतले नक्सामा देखाइएको नेपाली भूभागप्रति घोर आपत्ति जनाउदै जबसम्म नेपालको नक्सामा कालापानी, लिपुलेक र अन्य भूभाग नगाभे सम्म आन्दोलन जारी गर्ने बताएका छन।

त्यस्तै, तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ, जिल्ला सभापति तथा पूर्व राज्य मन्त्री अब्दुल रज्जाक लगायतले कोण सभालाई सम्बोधन गर्दै सरकार मौन बस्नुमा लिपुलेक र कालापानी आफैले बेचेको जस्तो हुने बताएका छन। भारत सरकारको हस्तक्षेप विरुद्ध नेपाल सरकार मौन बसे झन आन्दोलन चर्काउने चेतावनी दिदै अतिक्रमित नेपाली भूमि फिर्ताको जोडदार माग गरेका छन।

भारतसहित विविभन्न देशको सिमा रक्षा गर्ने विर गोर्खाली नेपालीहरुकै भूभाग भारतले अतिक्रमण गर्न खोजे नेपालीहरु चुप लागेर नबस्ने बताउदै नेपालको सार्वभौमता, स्वाधिनता, भौगोलिक अखण्डता र स्वतन्त्रतामाथि भारतले गरेको हस्तक्षेप कुनैपनि हालतमा नेपालीलाई स्वीकार्य नभएको बताएका छन।

नेपालीहरु अहिले सुतेको बाघ जस्तै छन् देशको स्वाभिमानलाई जिस्काउन खोजे भारतिय सीमामा रहेका दश हजार सेनालाई एक झपटमै धपाउने बताएका छन। राष्ट्रियताको नाममा पनि सरकार सुतेको छ, दुई तिहाईको सरकारले पनि नेपालीसेनालाई कालापानीमा पठाएर सिमा रक्षा गर्नुपर्ने बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार