असोज १४, २०८३ बुधबार September 30, 2026

यातायात कार्यालयमा अख्तियारको छापा, घुस रकमसहित शाखा अधिकृत पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले यातयात व्यवस्था कार्यालयमा छापा मारेको छ।

बुधबार आयोगको टोलीले यातयात व्यवस्था कार्यालय काठमाडौँमा छापा मारी मोटरसाइकल शाखाका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई घुस रहमसहित नियन्त्रणमा लिएको छ।

अधिकृत भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाइकल पास गर्न सहज गरी दिने भन्दै घुस रकम माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियाराको टोलीले उनलाई तीन हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो।

आयोगको कार्यालय टंगालबाट गएको टोलीले घुस रकमसहित शाखा अधिकृत भट्टराई र घुस दिने रिकन्डिसन हाउसका प्रतिनिधिहरु किरण देउला, उत्तमबिक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई यातायात व्यवस्था कार्यालयको मोटरसाइकल शाखाबाटै पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको आयोगले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार