श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

भिजिट भिसामा खाडी र अफ्रिकी देश जान महिलालाई कडाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले नेपाली महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा पर्यटक भिसा (भिजिट भिसा) लिएर जान कडाइ गरेको छ । पर्यटकीय भिसासम्बन्धी प्रावधानहरुमा परिवर्तन गर्दै सरकारले ती देश जाने महिलाले थप कागजात तथा प्रमाण पेश गर्नुपर्ने प्रावधान ल्याएको हो ।

अब खाडी देश (यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन), मलेसिया तथा अफ्रिकी देश र अन्य जोखिमपूर्ण देशमा जाँदा अध्यागमन विभागले पासपोर्ट, भिसा, बोर्डिङ पास, आतेजाते टिकट, प्रायोजक भए उसको पत्र, होटेल बुकिङको प्रमाणित पत्रसमेत माग्ने छ ।

यसबाहेक महिलाका हकमा विदेशमा रहेको आफन्त वा साथमा जान लागेको परिवारजनसँगको नाता प्रमाणित कागजात, गन्तव्य मुलुकमा रहेका आफन्तले स्पोन्सर गरी पठाएको कागजात र निज विदेशमा रहेको प्रमाण खुल्ने कागजात आवश्यक पर्ने छ ।

ट्राभल एजेन्सीबाट घुमफिरमा जान लागेको भए त्यसको पत्र र लिखित स्वघोषणा गरेपछि मात्र उनीहरुलाई अनुमति दिने गरी नीति परिवर्तन गरिएको छ ।

महिला वा पुरुष जुनसुकै व्यक्ति पनि पर्यटक भिसामा जाँदा अध्यागमनले हेर्ने कागजात थप गरिएको छ । अमेरिका, क्यानाडा, यूरोप, अष्ट्रेलिया, जापान र दक्षिण कोरिया भ्रमणमा जाँदा पासपोर्ट, भिसा, आतेजाते टिकट र बोर्डिङ पास अनिवार्य हुनेछ । यसबाहेक स्पोन्सर लेटर, होटेल बुकिङ वा साथमा १ हजार डलरसम्म बोकेको प्रमाण देखाउनुपर्ने छ । ती देशमा आफु कालोसुचीमा नरहेको प्रमाणित हुने पत्रसमेत अध्यागमनले माग्ने भएको छ ।

चीन, थाइल्याण्ड, अफ्रिकी मुलुकबाहेक नेपालीका लागि अनअराइभल भिसा पाउने मुलुक तथा भारत र बंगलादेशबाहेक सार्कका अन्य देशको भ्रमणमा जाँदासमेत सोही प्रावधान राखिएको छ । भारत जाने क्रममा भने राहदानी वा नागरिकता, बोर्डिङ पास हेरिनेछ । भारत जाँदा त्यहाँबाट कन्टेक्टिङ फ्लाइटमा अन्य मुलुकमा जाने गरी भिसा लिएको भए त्यसको अध्यागमनले परीक्षण गर्ने भएको छ ।

अध्ययनका लागि जाँदा पासपोर्ट, भिसा, बोर्डिङ पास, एड्मिसन वा अफर लेटर, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्वविद्यालयको सहमति पत्र र बास खर्चको व्यवस्थापन वा बसोबास कहाँ, के कसरी हुने हो भन्ने खुलासा भएको कागजात देखाएउनुपर्नेछ ।

तालिममा जाँदा पनि पासपोर्ट, भिसा, बोर्डिङ पास, टू वे टिकट, स्पोन्सर लेटर, होटेल बुकिङमा १ हजार डलरसम्म रकम साथमा बोकेको प्रमाण पेश गर्नुपर्छ । त्यसबाहेक निमन्त्रणा पत्र र आफ्नो परिचयपत्र समेत अनिवार्य बोक्नुपर्ने प्रावधान ल्याइएको छ ।

श्रम भिसामा जानेको हकमा पासपोर्ट, भिसा, अन्तिम गन्तव्यसम्म पुग्ने गरी जारी भएको बोर्डिङ पास, श्रम स्वीकृतिको म्याद कम्तीमा ९० दिने भएको हुनुपर्ने भएको छ । यूरोपमा भने श्रम स्वीकृति अनिवार्य गरिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार