असोज ७, २०८३ बुधबार September 23, 2026

आठ नेपाली खेलाडी पिएसएल ड्राफ्टमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा आठ नेपाली खेलाडी परेका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का, सोमपाल कामी, विनोद भण्डारी, सन्दीप लामिछानेलगायत खेलाडी पिएसएलको ड्राफ्टमा परेका हुन् । विदेशी फ्रेन्चाइज लिगको ड्राफ्टमा धेरै नेपाली खेलाडी परेको यो पहिलोपटक हो । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा शरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख र रोहितकुमार पौडेल पनि परेका छन् ।

सन्दीपबाहेक अन्य सात खेलाडी ड्राफ्टको सिल्भर क्याटेगोरीमा छन् । सिल्भर क्याटेगोरीका खेलाडीको औसत मूल्य १५ हजारदेखि ३५ हजार डलर रहेको छ । लामिछाने गत साता नै पिएसएल ड्राफ्टको सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनममा परेका थिए । यस क्याटेगोरीका खेलाडीले एक लाख ४७ हजारदेखि दुई लाख १८ हजार डलरसम्म पाउनेछन् । नेपाली क्रिकेट इतिहासमा सन्दीप, पारस र सोमपालले मात्र विदेशी फ्रेन्चाइज लिगको अनुभव बटुलेका छ । हाल लामिछाने र खड्का युएईमा सञ्चालन भइरहेको टी–१० लिग खेलिरहेका छन् । यसै वर्ष सोमपालले क्यानडाको ग्लोबल टी–२० लिग खेलेका थिए ।

विनोद भण्डारी, शरद भेषवाकर र आरिफ सेख पहिलोपटक फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका हुन् । सोमपाल चौथोपटक फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका हुन् । पारस तेस्रोपटक तथा दीपेन्द्र र रोहित दोस्रोपटक फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका हुन् । सोमपाल र पारस पहिलो संस्करणको अफगानिस्तान प्रिमियरको ड्राफ्टमा परेका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका करण केसी, विनोद भण्डारी, पवन सर्राफ, आरिफ सेख र ललितनारायण राजवंशीलाई पिएसएल ड्राफ्टमा राख्न आइसिसीमार्फत पिसिबीलाई सिफारिस गरेको थियो । त्यसबाट आरिफ र विनोद मात्र ड्राफ्टमा परे ।

यसैबीच, पिसिबीले पाँच क्याटेगोरीमा खेलाडीको ड्राफ्ट सार्वजनिक गरेको छ । प्रत्येक टोलीले ड्राफ्टमार्फत १६ देखि १८ खेलाडी राख्न पाउनेछन् । १६ खेलाडी राखेमा पाँच विदेशी र ११ स्थानीय खेलाडी राख्नुपर्नेछ । १८ खेलाडी राख्दा ६ विदेशी र १२ स्थानीय खेलाडी अनिवार्य रूपमा राख्नुपर्नेछ । पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्स, क्वेटा ग्लाडियटर्स, पेसावर जल्मी, मुल्तान सुल्तान्स, इस्लामावाद युनाइटेड र कराँची किंग्स सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
२०८३ असोज ७, बुधबार