फागुण ३, २०८१ शनिबार February 15, 2025

आठ नेपाली खेलाडी पिएसएल ड्राफ्टमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा आठ नेपाली खेलाडी परेका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का, सोमपाल कामी, विनोद भण्डारी, सन्दीप लामिछानेलगायत खेलाडी पिएसएलको ड्राफ्टमा परेका हुन् । विदेशी फ्रेन्चाइज लिगको ड्राफ्टमा धेरै नेपाली खेलाडी परेको यो पहिलोपटक हो । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा शरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख र रोहितकुमार पौडेल पनि परेका छन् ।

सन्दीपबाहेक अन्य सात खेलाडी ड्राफ्टको सिल्भर क्याटेगोरीमा छन् । सिल्भर क्याटेगोरीका खेलाडीको औसत मूल्य १५ हजारदेखि ३५ हजार डलर रहेको छ । लामिछाने गत साता नै पिएसएल ड्राफ्टको सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनममा परेका थिए । यस क्याटेगोरीका खेलाडीले एक लाख ४७ हजारदेखि दुई लाख १८ हजार डलरसम्म पाउनेछन् । नेपाली क्रिकेट इतिहासमा सन्दीप, पारस र सोमपालले मात्र विदेशी फ्रेन्चाइज लिगको अनुभव बटुलेका छ । हाल लामिछाने र खड्का युएईमा सञ्चालन भइरहेको टी–१० लिग खेलिरहेका छन् । यसै वर्ष सोमपालले क्यानडाको ग्लोबल टी–२० लिग खेलेका थिए ।

विनोद भण्डारी, शरद भेषवाकर र आरिफ सेख पहिलोपटक फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका हुन् । सोमपाल चौथोपटक फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका हुन् । पारस तेस्रोपटक तथा दीपेन्द्र र रोहित दोस्रोपटक फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका हुन् । सोमपाल र पारस पहिलो संस्करणको अफगानिस्तान प्रिमियरको ड्राफ्टमा परेका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका करण केसी, विनोद भण्डारी, पवन सर्राफ, आरिफ सेख र ललितनारायण राजवंशीलाई पिएसएल ड्राफ्टमा राख्न आइसिसीमार्फत पिसिबीलाई सिफारिस गरेको थियो । त्यसबाट आरिफ र विनोद मात्र ड्राफ्टमा परे ।

यसैबीच, पिसिबीले पाँच क्याटेगोरीमा खेलाडीको ड्राफ्ट सार्वजनिक गरेको छ । प्रत्येक टोलीले ड्राफ्टमार्फत १६ देखि १८ खेलाडी राख्न पाउनेछन् । १६ खेलाडी राखेमा पाँच विदेशी र ११ स्थानीय खेलाडी राख्नुपर्नेछ । १८ खेलाडी राख्दा ६ विदेशी र १२ स्थानीय खेलाडी अनिवार्य रूपमा राख्नुपर्नेछ । पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्स, क्वेटा ग्लाडियटर्स, पेसावर जल्मी, मुल्तान सुल्तान्स, इस्लामावाद युनाइटेड र कराँची किंग्स सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल क्यान्सर अस्पतालमा सार्कस्तरीय ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन’
२०८१ फागुण ३, शनिबार
आज शनिबार : शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँईको राशिफल
२०८१ फागुण ३, शनिबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात हुने
२०८१ फागुण ३, शनिबार
जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण
२०८१ फागुण ३, शनिबार
आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस र ब्ल्याक बुल्स एफसीबीच फाइनल भिडन्त हुँदै
२०८१ फागुण ३, शनिबार
पिएसबीले नागरिकको आवाज बोल्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
२०८१ फागुण ३, शनिबार
हमासले शनिबार रिहा गर्ने तीनजनाको नाम सार्वजनिक
२०८१ फागुण २, शुक्रबार