असोज १०, २०८३ शनिबार September 26, 2026

शिक्षकहरु नगरपालिकाविरुद्ध आन्दोलनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः शिक्षा ऐन तथा नियमावलीविपरीत शिक्षकको सरुवा गरेको भन्दै शिक्षकसँग सम्बद्ध सङ्घसङ्गठनले लहान नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् ।

नगरपालिकाले शिक्षा नियमावली र ऐनविपरीत १३२ शिक्षकको सरुवा गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन सङ्घसङ्गठनले माग गरेका हुन् । तत्काल सरुवाको निर्णय फिर्ता नलिए पठनपाठन अवरुद्ध गर्ने चेतावनीसमेत दिइएको छ ।

नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एकीकृत अखिल नेपाल शिक्षक सङ्घ, सङ्घीय समाजवादी शिक्षक फोरमले संयुक्तरूपमा नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै ऐन, नियमविपरीत भएको शिक्षक सरुवाको निर्णय फिर्ता लिन माग गरेका छन् । निर्णय फिर्ता नलिए वैशाख २२ गतेदेखि नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक शैक्षिक संस्था बन्द गरिने चेतावनी दिइएको छ ।

शिक्षा ऐन २०२८ को दफा १६ (ज) र शिक्षा नियमावलीको नियम ९९ बमोजिम शिक्षकहरूलाई सरुवा गर्ने अधिकार हालको अवस्थामा शिक्षा विकास तथा समन्वय एकाइमा रहेको, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११.२ (ज) मा आधारभूत र माध्यमिक शिक्षकलाई सरुवा गर्ने अधिकार नभए पनि नगरपालिकाले सरुवा गरेको शिक्षक सङ्घसङ्गठनको भनाइ छ ।

नगरपालिकाले चैत १३ गते १३ जनाबाट शुरु भएको सरुवा प्रक्रिया वैशाख १२ गतेसम्म आइपुग्दा १३२ जनाको सरुवा भएको जनाइएको छ । जसमध्ये पाँच राहत कोटाको शिक्षक र तीन महिनापछि सेवा अवकाश शिक्षकसमेत रहेको नेपाल शिक्षक सङ्घका अरविन्दकुमार दासले जानकारी दिनुभयो । आफूहरू अन्यायमा परेको भन्दै नगरपालिकाले गरेको सरुवा फिर्ता लिन तथा न्यायिक छानबिनका लागि उक्त सङ्घसङ्गठनले माग गरेका छन् ।

लहान नगर क्षेत्रभित्र ५९ सामुदायिक विद्यालय छन् । जसमध्ये मावि आठ र ५१ वटा आधारभूत आधारभूत विद्यालय छन् । ती विद्यालयमा नगरले २०७७ वैशाखदेखि हालसम्म तलबबाहेका कुनै पनि रकम पठाएका छैनन् । यता लहान नगरपालिकाका शिक्षा संयोजक राजकुमार साहले नगरपालिकाको अधिकार प्रयोग गरेर शिक्षक सरुवा गरेको जिकिर गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कृत्रिम बौधिकता (एआई)लाई थारु भाषा सिकाउने प्रयास
२०८३ असोज १०, शनिबार
आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी होः संयोजक डा कोइराला
२०८३ असोज १०, शनिबार
विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग
२०८३ असोज १०, शनिबार
विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुँदै
२०८३ असोज १०, शनिबार
२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
२०८३ असोज १०, शनिबार
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
२०८३ असोज १०, शनिबार
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार