असोज १०, २०८३ शनिबार September 26, 2026

कोरोना संक्रमणका कारण एकै दिन दुई शिक्षकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोरोना संक्रमणका कारण कञ्चनपुरमा एकै दिन दुई शिक्षकले ज्यान गुमाएका छन् । दोधाराचाँदनी नगरपालिका ७ बाबाथान लक्ष्मी माविका प्रध्यानाध्यापक शिक्षक लोकराज भट्ट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित भृकुटी माविकी शिक्षिका मञ्जु केसीको मृत्यु भएको हो ।

सामान्य रुघाखोकी लागेर श्वास–प्रश्वासमा समस्या भएपछि उपचारका लागि बिहीबार महाकाली अस्पताल गएका शिक्षक लोकराज भट्टको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । अस्पतालमा रहेका सबै आइसियू बेड भरिभराउ भएको र थप उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पताल लैजाने क्रममा बीचबाटोमै उनको मृत्यु भएको हो ।

त्यसै गरी भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित भृकुटी माविकी शिक्षिका मञ्जु केसीको तीन दिनअघि बिरामी भएकी थिइन । उनको उचित उपचारको अभावमा मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कृत्रिम बौधिकता (एआई)लाई थारु भाषा सिकाउने प्रयास
२०८३ असोज १०, शनिबार
आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी होः संयोजक डा कोइराला
२०८३ असोज १०, शनिबार
विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग
२०८३ असोज १०, शनिबार
विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुँदै
२०८३ असोज १०, शनिबार
२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
२०८३ असोज १०, शनिबार
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
२०८३ असोज १०, शनिबार
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार