असोज १६, २०८३ शुक्रबार October 2, 2026

त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख न्यौपानेलाई विद्यार्थीले कुटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने कुटिएका छन् । सोमबार बिहान क्याम्पसभित्र प्रवेश गर्ने वित्तिकै विद्यार्थीको हुलले न्यौपानीमाथि कुटपिट गरेको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार अनेरास्ववियू मनराज थापा र गोविन्द थपलिया पक्राउ परेका हुन् ।
दुवै जनालाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताएका छन ।

विद्यार्थीहरुका अनुसार कलेजका विज्ञान संकायको शुल्क बढाएपछि नेविसंघ, अनेरास्ववियू लगायतका विद्यार्थी संगठन आन्दोलतनरत् थिए । त्यही क्रममा यो घटना सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार न्यौपानेको वीर हस्पिटलमा उपचार भइरहेको छ । उनको हातमा चोट लागेको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक नेपाल अनुपस्थित हुने
२०८३ असोज १६, शुक्रबार
एसियाली खेलकुद पदक तालिकामा चीन शीर्ष स्थानमा
२०८३ असोज १६, शुक्रबार
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो
२०८३ असोज १५, बिहिबार
दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार