वैशाख १२, २०८१ बुधबार April 24, 2024

कास्की २ मा विद्या भट्टराईको अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । एउटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ को मतगणना सकिँदा विद्याले ३ हजार २ सय मत ल्याएकी छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मतसहित पछ्याइरहेका छन् ।

वडा नम्बर ३३ मा कूल ७ हजार ९ सय ९१ मतदातामध्ये ५ हजार ६ सय ४३ मत खसेको थियो । अहिले वडानम्बर २१ को मतगणना जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया