वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

सुवास तामाङले जिते ऐतिहासिक दुई स्वर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गल्फर सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।

१७ वर्षका सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे ।

यस्तै टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका छन् ।

महिला टिमतर्फ पनि नेपालले कास्य जित्ने सम्भावना छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया