मंसिर २५, २०८० सोमबार December 11, 2023

प्रतिवन्धित विप्लव नेकपालाई प्रचण्डको आग्रह : शान्तिपूर्ण मूलधारमा आउनुस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवन्धित विप्लव नेकपालाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा शुक्रबार धनगढीमा सुरु भएको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन–२०७६’लाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
पार्टी र व्यक्तिको नामै नलिईकन प्रचण्डले समाजवादको बाटो तय भएको हुँदा शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्।

‘केही साथीहरु यता सुदूरपश्चिमतिर बल गर्नुभएको थियो, अब उहाँहरुको केही जोर चल्दैन, ’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘उहाँहरुले गल्ती गर्नुभा‘छ, आउनुहोस्, मूलधारमा आएर जनताको विकास र समृद्धिको काममा एकताबद्ध भएर समाजवादी अभियानतिर जान पाइएको छ। म ती साथीहरुलाई अनुरोध गर्दछु, धेरै ढिलो नगरौँ, गल्ती हुन्छ।’

अध्यक्ष प्रचण्डले अर्को प्रसंगमा कर्मचारीका कार्मचारीकै कारण संघीयता कार्यान्वयनमा समस्या आएको बताएका छन। सबै कर्मचारी केन्द्रमै बस्न चाहेका कारण कर्मचारी संयोजनको विषय ‘हात्ती छि¥यो पुच्चर अड्कियो’जस्तो भएको उनको भनाइ थियो।

‘कर्मचारीहरु संघमा मात्रै बस्न चाहान्छन्, प्रदेश र स्थानीय तहमा जानै मान्दैनन्’, अध्यक्ष प्रचण्डले भने, ‘पुरानो लेयरमा काम गरेका कर्मचारीलाई सम्माजनक बिदा गर्ने अवस्था पनि छैन।’ उनले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा कर्मचारीलाई बिदा गर्नुपर्नेमा आफूले नसकेको समेत प्रस्ट पारेका छन।
सेना समायोजन, हतियार व्यवस्थापन, शान्ति समायोजन लगायत महत्वपूर्ण काम सम्पन्न गरे पनि कर्मचारी व्यवस्थापनमा दुई तिहाइको सरकार चुकेको उनको भनाइ थियो।

उनले केन्द्रदेखि जिल्लाहरुसम्म लगानी सम्मेलन हुँदै आएको बताउँदै लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्ने समेत बताएका छन। उनले आदर्शका कुरा गर्न भन्दा पनि वातावरण बनाउनुपर्ने बताए। संरक्षण गर्न नसकेखि विदेशी पुँजी भित्रुनुको सट्टा स्वदेशी लगानी नै बगेर बाहिर जाने बताएका छन। उनले व्यवसायीक क्षेत्रलाई सन्तुष्टि बनाएर लगानीको वातावरण बनाउनुपर्ने बताएका छन।

उनले उपयुक्त वातावराण् नभए स्वदेशी व्यवसायीबाट गलत सन्देश जाने र त्यसले विदेशी लगानी आउने बाटो बन्द गर्ने उनको भनाइ थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार