असार ३०, २०८३ मंगलबार July 14, 2026

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बलियो टोली माल्दिसभ्सलाई हराउँदै नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा फाइनल नजिक पुगेको छ ।

शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो । उसका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए ।

तर नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काए ।

नेपालले त्यसअघि पनि केही राम्रा अवसर पाएको थियो । तर त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।

दोस्रो हाफमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाए । र, त्यही २-१ को अन्तरमा खेल जित्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार
४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
२०८३ असार ३०, मंगलबार
अफगानिस्तानमा एक करोड भन्दा बढी महिलाहरु सहायताको पर्खाइमा: राष्ट्र सङ्घ
२०८३ असार ३०, मंगलबार
हर्मुजबारे इरानी संसद्मा विधेयक
२०८३ असार ३०, मंगलबार
१८ मन्त्रालयका करार कर्मचारीले दिए अर्थ मन्त्रालयको मुलगेटमा धर्ना
२०८३ असार ३०, मंगलबार
विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ
२०८३ असार ३०, मंगलबार