बैसाख २७, २०८३ आइतबार May 10, 2026

पर्यावरणसम्वन्धी अनुसन्धान केन्द्रको शिलान्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वायुमण्डल र पर्यावरणबारे अध्ययन गर्न नेपालमा छुट्टै अनुसन्धान केन्द्र स्थापना हुने भएको छ ।

बल्खुस्थित जनप्रशासन क्याम्पस नजिक बन्ने राष्ट्रिय अनुसन्धान केन्द्रको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार शिलान्यास गरेका छन् ।

अनुसन्धान केन्द्रलाई ‘नेशनल एटमोस्फेरिक रिसर्च एण्ड इन्भारोमेन्टल रिसर्च ल्याब्रोटरी (नारेल)’ नाम दिइएको छ । सो अनुसन्धान केन्द्रमा वायु ऊर्जा, मौसम पूर्वानुमानका साथै आणविक भट्टी दुर्घटना हुँदा पर्नसक्ने असरबारेसमेत अनुसन्धान गर्न सकिने छ ।

अनुसन्धान भवन निर्माणका लागि सरकारले दुई करोड बजेट छुट्याएको थियो । यद्यपि एक करोड २३ लाख रुपैयाँमा भवन निर्माणको टेण्डर भएको छ । आवासीय सुविधासहित तीनतले सो भवनको निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ ।

अनुसन्धान केन्द्रमा दुई दर्जनभन्दा बढी अनुसन्धानकर्ताहरुले चौबीसै घण्टा अनुसन्धान गर्न सक्ने छन् । शिक्षा मन्त्रालयले हालै पारमाणविक भट्टी र रेडियोधर्मी पदार्थसँग सम्बन्धित एक विधेयक ल्याएको छ । तर, यसको औचित्य र असरबारे संसदीय समितिमा बहस भइरहेको छ । नेपालमा पारमाणविक भट्टी सञ्चालन गर्ने उद्देश्यले कानुन बनाउन लागिएको भन्दै तीव्र आलोचना भएपछि विधेयकबाट ‘पारमाणविक’ शब्द हटाएर ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी ऐन’ नामाकरण गरिएको छ ।

यसै सन्दर्भमा बन्न लागेको अनुसन्धान केन्द्रको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले अनुसन्धानका लागि चाहिने आवश्यक सामाग्री उपलब्ध गराउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । उनले सरकारले विज्ञान प्रविधिलाई प्राथमिकता दिने पनि बताएका छन ।

अनुसन्धान केन्द्रका निर्देशक डा. रामप्रसाद रेग्मीले नेपालमा अध्ययन गरेर विदेशीने क्रम बढेको बेला नेपालमै अनुसन्धान केन्द्र निर्माण सुरु हुनु ठूलो उपलब्धी भएको बताएका छन । डा. रेग्मी नेपालमा वायु प्रदुषण सम्बन्धमा पीएचडी गर्ने पहिलो व्यक्ति हुन् ।

उनले यो अनुसन्धान केन्द्र गरिबी निवारणको लागि पनि महत्वपूर्ण हुने बताएका छन । नेपालको कुन ठाउँमा, कुन समयमा, के खेती गर्ने भनेर पनि अनुसन्धान केन्द्रले सिफारिस गर्न सक्ने बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार