मंसिर २२, २०८० शुक्रबार December 8, 2023

महिला फुटबलको फाइनलमा पराजित भएपछि प्रशिक्षक हरि खड्काले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३ औं साग अन्तर्गत महिला फुटबलको फाइनलमा पराजित भएपछि नैतिकताका आधारमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन्।

पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै नेपालको स्वर्णपदक सपना तुहिएको थियो। यसवर्षमात्रै नेपालले गुमाएको यो तेस्रो फाइनलमा थियो।

हारलगत्तै प्रशिक्षक खड्काले राजीनामा घोषणा गर्दै भने,हारको सम्पूर्ण जिम्मेवारी लिदैँ आजैका मितिबाट महिला टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु। प्रशिक्षकबाट राजीनामा दिएपनि फुटबलमा भने कुनै न कुनै भुमिकामा रहनेछु।

खड्का एन्फा अन्तर्गतको महिला फुटबल प्रमुख पनि हुन्। नेपाली पुरुष फुटबल इतिहासमा निराजन रायमाझीसँगै सर्वाधिक(१३) गोलकर्ता रहेका खड्का गतवर्ष जेठमा महिला राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए।

गतवर्ष भुवेनेश्वरमा भएको गोल्डकपमा खड्काकै प्रशिक्षकत्वमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो। त्यसपछि गत वर्ष फागुनमा भएको साफ महिला च्याम्पियनसिपमा भने उनको प्रशिक्षकत्वको नेपाली टोली फाइनलमा भारतसँग नै स्तब्ध भएको थियो।

यस्तै यसैवर्ष नेपाली महिला टोलीलाई पहिलो पटक ओलम्पिक छनौटको दोस्रो चरणमा पुर्‍याएका खड्काले जारी सागमा भारतसँग पुनस् पराजित भएसँगै राजीनामा दिएका हुन्।

सन् १९८६ को एसियन कपबाट अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको नेपाली महिला फुटबलले त्यसयता जारी सागमा आइपुग्दा ९ पल्ट फाइनल खेले पनि उपाधि जित्न भने सकेको छैन। यसक्रममा नेपाल भारतसँगमात्रै उपाधि होडमा ७ पटक पराजित भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार