असोज ९, २०८३ शुक्रबार September 25, 2026

पत्रकार कुटिएको घटनाप्रति राखेपको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को रिपोर्टिङका क्रममा प्रहरीले पत्रकार कुटपिट गरेको घटनाप्रति राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आपत्ति जनाएको छ।
राखेपका उपाध्यक्ष पिताम्वर तिम्सिनाले रिपोर्टिङका क्रममा पत्रकार कुटिनु गलत भएको बताएका छन। पत्रकारहरुको एक टोलीले उपाध्यक्ष तिम्सिनालाई भेटेर घटनाबारे ध्यानाकर्षण गराउँदै यस्तो अवस्थामा सागको रिपोर्टिङ कसरी गर्ने भन्दै प्रश्न गरेको थियो।

घटनाको विषयमा सुरक्षा प्रमुखसँग कुरा गर्ने तिम्सिनाले बताएका छन्। सदस्य सचिव रमेश सिलवालसँग पनि यस विषयमा कुरा गर्ने र दोषि अधिकारीमाथि कारबाहीको लागि कदम चाल्न पत्रकारहरुले माग गरेका छन्।

मंगलबार बिहान नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईलाई प्रहरीले दशरथ रंगशालामा कुटपिट गरेको थियो।

रंगशालामा प्रहरीले दर्शकमाथि कुटपिट गरेको भिडियो खिचेको भन्दै डिएसपी सन्तोष सिंह राठौरले पत्रकार चापागाईँ माथि कुटपिट गरेका थिए। प्रहरीको कुटाइबाट पत्रकार चापागाईँको मुख र कानमा चोट लागेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार