मंसिर २२, २०८० शुक्रबार December 8, 2023

प्रदेश ३ सरकारले पदक विजेतालाई नगदसहित सम्मान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रदेश ३ सरकारले दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता नेपाली खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सागमा स्वर्ण विजेतलाई एक लाख, रजत विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिएका छन । खेलकुदको विकास गर्न तथा खेलाडीलाई प्रोत्साहन गर्न प्रदेश सरकारले यस्तो निर्णय गरेको मन्त्री जम्कट्टेलले बताएका छन । उनले प्रदेश सरकारले खेलकुदको विकासलाई आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको पनि बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार